जनता खानेपानीबाट बिमुख हुनुपर्दैन् : मेयर पाण्डे

देवीराम कुसारी

बराखालि(तुलसीपुर) पुस १६ । तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले ग्रामिण वस्तिकाे खानेपानि समस्या सभाधानका लागि कुनै कसर वाकि नराख्ने वताउनु भएकाे छ ।

तुलसीपुरकाे ३ नम्वर वडा अत्यन्त विकट भएकाे भन्दै मेयर पाण्डेले आफु परिणाम मुखि कृयाकलापमा अग्रसर रहेकाे हुदा कुनै पनि जनता खानेपानि वाट वन्चित नहुने वताउनुभयाे ।

आफुले वजार क्षेत्र भन्दा ग्रामिण वस्तिलाई महत्व दिने भएकाे कारण नै ग्रामिण वडालाई विशेष वजेट विनियाेजनकाे नीति वनाएकाे ल्याएकाे समेत उहाले वताउनु भयाे । वराखालि चिसापानि खानेपानि उपभाेक्ता समिति तुलसीपुर ३ काे खानेवानिकाे ट्याङ्किकाे उद्घाटन गर्दै मेयर पाण्डेले यश खानेपानि याेजनाकाे स्तराेन्तिकाे गर्नका लागि आफु लाग्ने वताउनु भयाे ।

खानेपानि उपभाेक्ता समितिका अध्यक्ष वसन्त वलिकाे अध्यक्षता तथा मेयर पाण्डेकाे प्रमुख अाथित्यमा भएकाे कार्यक्रममा स्थानियले खानेपानी याेजनालाई पुर्णता दिन माग गरेका थिए । स्थानिय माेहनलाल केसीका स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रममा पत्रकार संगित वश्याल, वडा अध्यक्ष विरबहादुर विक, पुर्व वडा अध्यक्ष लिलाधार खरेल, वडा सदस्या छविकुमारि खरेल लगाएतले वाेल्नु भएकाे थियाे ।

जनश्रमदान र जिल्ला खानेपानि डिभिजनकाे अनुदान गरि ३३ लाख ८५ हजारकाे लागत रहेकाे याे खानेपानि ट्याङ्कि निर्माण भएममा बराखली र चिसापनि वस्तिका एक सय ५० घरधुरीलाई खानेपनि सुविधा पुग्नेछ । कार्यक्रमकाे सहजिकरण राेमबहादुर रानाले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०७५ पुष १६ गते सोमवार
प्रतिक्रिया