४३ औँ मेलमिलाप दिवस मनाउँदै

तुलसीपुर १६ पौष । नेपाली कांग्रेसले सोमवार देशभर ७७ वटै जिल्लामा ४३ औँ मेलमिलाप दिवस मनाउँदैछ । २०३३ पुस १६ गते विश्वेश्वरप्रसाद कोइरालाका साथ गणेशमान सिंह र अन्य शीर्ष नेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै पार्टीका विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाद्वारा घोषणा भएको थियो । दिवसका अवसरमा देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभा लगायतका कार्यक्रम गरिँदैछ ।

प्रकाशित मिति : २०७५ पुष १६ गते सोमवार
प्रतिक्रिया