ट्याक्टर दुर्घटना हुदा सहचालकको मुत्यु

तुलसीपुर १६ पौष । दाङमा ट्याक्टर पल्टिदा एकजनाको मृत्यु भएको छ ।आईतबार दाङको बिजौरीबाट ईट्टा लिएर तुलसीपुर ७ प्रसेनी हुदै खाद्रे तर्फ जाँदै गरेको रा १ त २२०२ नम्बरको ट्याक्टर तुलसीपुर ४ बेलघारी स्थित अनियन्त्रित भई पल्टिदा सहचालक सल्यान दमाचौर घर भई हाल तुलसीपुरका १८ बर्षीय जीवन विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बाटो कच्ची र उकालो भएकाले ट्याक्टर पल्टिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । अपरान्ह पाँचबजेतिर दुर्घटनामा भएको हो । घटना स्थलमै मृत्यु भएका बिकको शव राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।
यस्तै पुर्व पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका वडा नम्वर ९ अमिलियामा गएराती नम्वर नखुलेको गाडिको ठक्करबाट एक चितुवा मरेपछि ठक्कर दिने गाडीको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १६ गते सोमवार
प्रतिक्रिया