दुर्घटना काल्पनिक भन्दा बाहिरको परिस्थिति हो : राई

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, १५ पौष ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिद्धारा निर्मित दाङ तुलसीपुर ईलाका प्रहरी कार्यालय परिसर भित्र रहेको सडक दुर्घटना अनुसन्धान गृह (चालक बन्दी )को आईतवार एक कार्यक्रमका विच उद्घाटन तथा भवन हस्तान्तरण गरिएको छ । गत बैशाख २३ गते शिलान्यास गरीएको भवनको आईतवार ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई हस्तान्तरण गरिएको हो ।
सोहि कार्यक्रमलाई सम्वाधन गदै संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले सडक दुर्घटना काल्पनिक भन्दा बाहिरको परिस्थिति भएको बताएका छन् । दुर्घटना चाहेर नभई अचानक हुने भएकाले सवारी दुर्घटना पछि चालकलाई अन्य अपराधी संग तुलना गर्न नमिल्ने बताएका छन् ।
उनले कानुनले गर्नु नहुने भनेर बन्देज लगाएका अपराधीक क्रियाकलाप गरी बन्दीगृहमा बसेका थुनुवाहरु संग सडक दुर्घटना पछि चालकलाई गर्ने व्यवहार फरक हुनुपर्ने बताएका छन् ।उनले अहिले देशभर सवारी साधनको संस्था ३२ लाख भन्दा वढि भएको बताउदै सडकमा आबश्यकता भन्दा वढि सवारी चापका कारण दुर्घटना बढ्नुको एउटा कारण भएको दावी गरेका छन् । सवारी दुर्घटनामा हुनुमा चालकको मात्रै दोष नहुने बताएका छन् ।

कमिटिका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात राष्टिय महासंघका सल्लाहकार सुरेस हमाल, संगठनका प्रमदेश नम्वर ५ का अध्यक्ष कृष्ण प्रसाद कडेल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाही, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, अटो मेकानिक एसोसियसन उपाध्यक्ष टोप बहादुर महतरा लगाएतले बोलेका थिए ।
विभिन्न संघ संस्था, यातायात मजदुर, विभिन्न व्यक्तिहरुको सहयोगबाट झन्डै साढे एघार लाख रुपैयाको लागतमा भवन निर्माण गरीएको थियो ।

कमिटिका कोषाध्यक्ष खिम बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कमिटिका सचिव यज्ञ बहादुर बुढाथोकीले गरेका थिए । कार्यक्रममा सहयोगदाताहरुलाई सम्मानपत्र प्रदान गरीएको थियो भने अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । त्यसैले सवारी दुर्घटना पछि चालकहरुलाई अनुसन्धान गर्नका लागी छुट्टै गृहको आवश्यक परेको भन्दै यस अघि पहिलो पटक सुनसरीको धरानमा २०६७ सालमा चालक बन्दी गृह स्थापना गरीएको छ ।

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार
प्रतिक्रिया