सुकुम्बासीको मुद्दा उठाउने तयारी

तुलसीपुर, १४ पुस 

नेपाल महिला एकता समाज तुलसीपुरले सुकुम्बासीका मुद्दालाई शसक्त ढंगले अघि बढाउने भएको छ । संस्थाले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर बर्षौ देखि सुकुमबासी भूमिहिन भएर बस्दा उनिहरुको जीवन कष्टप्रद भएको भन्दै आवाज उठाउनुको विकल्प नभएको समाजका अध्यक्ष यमुना परियारले जानकारी दिनुभयो । निर्वाचनको समयमा जनताको घरदैलोमा पुगेका निर्वाचित जनप्रतिनिधिले हातहातमा लालपुर्जा दिने बाचा गरेपनि अपेक्षा अनुसार बिसको उन्नाईस काम नहुनुले भोटको अवमूल्यन भएको समाजले निश्कर्ष निकालेको छ । भाषण र कच्चि सडकमा छरिने बालुवाले मात्रै जनताको भोको पेट नभरिने भन्दै ठूलो सपना भन्दा पनि जनताको जिवनसंग जोडिएका स–साना कुरालाई मह्व दिदा त्यसले सार्थकता राख्ने समाजले बतायो ।

संस्ताले भोली ५ नंं. प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेललाई ६ बुँदे ज्ञापन पत्र समेत बुझाउने तयारी गरेको छ । ज्ञापन पत्रमा सुकुम्बासीको लगत संकल गर्नु पर्ने, लालपुर्जा वितरण, भूमि व्यवस्था गर्नु , कुनै विकल्प विना उठिबास लगाउन नहुने, सुकुम्बासीका छोराछोरीलाई आर्थिक समाजिक, शैक्षिक रुपमा राज्यबाट सहयोग लगाएतका माग समेटिएका छन् । नेपाल महिला एकता समाजका अध्यक्ष यमुना परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकारमहासंघ दाङका सह–सचिव शर्मील डिसी, संस्थाका कोषाध्यक्ष अन्जना पुन, पत्रकार अन्जना चौधरी, यमकला भुसाले विभिन्न जिज्ञासा राखेका थिए।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया