तुलसीपुर, १३ पौष । तुलसीपुर ४ मा रहेको हलवार स्वास्थ्य चौकिमा शुक्रवार भएको स्वास्थ्य परिक्षणमा दुई सय बढिले स्वास्थ्य चेकजाँच गराएका छन् । तुलसीपुर उपमहानगरपालिका कार्यालयको आयोजना तथा ओरेक र महिला मानव अधिकार रक्षक सन्जाल दाङको समन्वयमा सन्चालन गरीएको तिन दिने स्वास्थ्य शिविरमा चार सय वढि मानिस सहभागी भएका थिए ।
शिविरको पहिलो दुई सय पचास जनाले स्वास्थ्य परिक्षण गराएको मध्ये ३४ जना महिलामा आङखस्ने समस्या र ५९ बढि महिलामा पाठेघर खस्ने समस्या भएको पाईएको छ । यस्तै अन्य महिलाहरुमा तल्नो पेट दुख्ने, सेतो पानी बग्ने, ग्याष्टिक जस्ता समस्या भएको पाईएको हलवार स्वास्थ्य चौकीका प्रमुख विमल केसीले जानकारी दिएका छन् ।
यस्तै स्वास्थ्य चेकजाँच गराएका महिला मध्ये ५ जना महिलामा पाठेघर सम्वन्धीको जटिल समस्या देखा परेकाले अप्रेशनका लागी सम्वन्धित अस्पतालमा जान सुझाव दिईएकोे छ ।उक्त शिविरमा विद्यालयका १ सय पचास जना भन्दा वढि बिद्यार्थीको ध्यानलाई योगा मेडिटेसन गराईयको थियो । यस्तै शिविरमा सहभागी सम्पुर्णमा महिला र पुरुषहरुलाई स्वस्थ जिवन यापन आहार , घरेलु जडिवुटि र स्वस्थ व्यवहारको वारेमा जानकारी गराईएको थियो।
शिविरको उद्घाटन तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यलेगरेकी हुन् ।
सो अवसरमा तुलसीपुर ४ वडा अध्यक्ष वालकृष्ण राणा , ओरेकका कार्यक्रम संयोजक नुभराज खनाल, पत्रकार लक्ष्मी आचार्य लगायतले बोलेका थिए । कार्यक्रम ओरेक नेपालकी अध्यक्ष डा .रेणु अधिकारीको अध्यक्षतामा भएको थियो ।
उक्त शिविरमा स्त्री तथा प्रसुति रोग विशिषज्ञ डाक्टर विनोद सिहं , डाक्टर अनामिका नेपाल र डा समिक्षा डिसीले स्वास्थ्य परिक्षण गरेका थिए। स्वास्थ्य चौकी प्रमुख विमल केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिविरको सहजिकरण ओरेक शाखाकी कोर्डिनेटर दिपा धितालले गरेकी थिईन् । उक्त शिविरमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर लगाएत भिडियो एक्सरे सेवा र औषधि वितरण सेवा निशुल्क रुपमा प्रदान गरिएको छ।