दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

तुलसीपुर, १३ पौष । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा घोराही उपमहानगरपालिका वडा नम्वर १७ बस्ने बर्ष २८ बर्षिय शंकर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराही ६ चैनपुर स्थित घोराहीबाट जन्द्रागाउँतर्फ जादै गरेको रा १ ख ४६८ नम्वरको बस रोकेर छतमा भएको सामान झार्ने क्रममा शुक्रवार दिउँसो पौने तिन वजेतिर विजुलीको तार छुदा उनलाई करेन्ट लागेको प्रहरीको भनाई छ ।
उनी सोहि गाडी धनी भएको बताईएको छ । करेन्टर लागेर गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले बताएको छ । मृतकको शवलाई अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया