राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौं, पुस १३। 

राष्ट्रगानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला) लाई पितृशोक परेको छ । उहाँका पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा ओखलढुङ्गाको मानेझन्ज्याङ गाउँपालिका वडा नम्बर ६ को हिलेपानीमा रहेको घरमा बिहीबार राति १ बजे निधन भएको परिवारले बताएका छन् ।

परिवारका अनुसार राति शौचालय गएर फर्किएपछि उहाँको निधन भएको हो । २०६७ सालमा मस्तिष्कमा समस्या देखिएका राइलाई लामो समयदेखि मधुमेह थियो । राईका तीन छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया