दाङमा भएको सवारी दुर्घटनामा चालकको मृत्यु

तुलसीपुर,११ पुस ।
सवारी दुर्घटनामा दाङमा बस चालकको ज्यान गएको छ । ज्यान जानेमा तनहुँ घर भई हाल कोहलपुर नगरपालिका ११ वस्ने बर्ष ४५ का कृष्ण बहादुर सारुमगर रहेको जिल्ला प्रह्री कार्यालय दाङले जनाएको छ ।

लमही नगरपालिका ८ गणेशपुर स्थित पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा भारतको दिल्लीवाट बुटवल तर्फ गईरहेको ना ६ ख ८४४४ नं.को बसले चन्द्रौटा देखि अत्तरिया तर्फजादैँ गरेको ना ६ ख ५२६० नं.को ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । उनको मेडिकल कलेज कोहलपुर बांकेमा ज्यान गएको होे । बस, ट्रक र ट्रक चालक इलाका प्रहरी कार्यालय अमिलियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार
प्रतिक्रिया