भरुवा बन्दुक सहित दाङमा तीनजना पक्राउ

तुलसीपुर, १० पुस 

जिल्ला प्रहरी कार्यालय दाङले भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका निबासी ५० बर्षका नरबहादुर घर्ती, सोही ठाउँ निवासी ४० बर्षका धनलाल पुन र नरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
आरोपिहरुको साथबाट प्रहरीले तीन थान भरुवा बन्दुक, बारुद्ध, फलामका टुक्रा, सिसाका छर्रा, सलाईको काँटी, केप बनाउन प्रयोग गरिने औषधीको खोल समेत बरामद गरेको छ । आफनै साथी नरबहादुरले बोकेको भरुवा वन्दुको डोरी चुँडेर भुँइमा खसेर पड्कीदा धनलालको खुट्टमा छर्रा लागेपछि घटना सार्वजनिक भएको थियो । ‘खुट्टामा छर्रा लागेपछि पुन घोराही उपक्षेत्रीय अस्पतालमा उपचार गराउन आए,’ प्रहरी उपरीक्षक पाण्डेले भने, ‘ अस्पतालमा हाम्रो प्रहरी हुने भएकाले थाहा भयो ।’ घटनाको जानकारी पाए लगत्तै गढवा इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले आरोपीको घरमा छापामारी उक्त बन्दुक बराम गरेको थियो । पक्राउ परेका सबैलाई हातहतियार खरखजना सम्बन्धी मुद्दा चलाउने प्रहरीले दाबी गरेको छ । घाइते पुनको प्रहरीको निगरानीमा नेपालगंजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार
प्रतिक्रिया