स्कुटर चोरी गर्ने एक जना पक्राउ

तुलसीपुर १० पौष ।स्कुटर चोरी गर्ने एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ८ दुधेना स्थित योगेन्द्र शाहको मिल अगाडी सडकमा पार्किङ गरी राखेको रा १ प ९१९९ नम्बरको निलो रंगको स्कुटर चोरी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १ भमके बस्ने घनश्याम गुरुङ पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

स्कुटर चोरी भएको भन्ने सुचना पाए लगतै प्रहरीले चेकजाच गर्ने क्रममा तुलसीपुर ८ चन्द्रगंज स्थित सडकबाटोमा गुरुङले उक्त स्कुटर चलाईरहेको अवस्थामा फेला पारेको डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।
स्कुटर सोमवार ४ वजेतिर हराएको थियो । पक्राउ परेका गुरुङ विरुछ चोरी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया