९ ग्रामको लागु औषध सहित दुई जना पक्राउ

तुलसीपुर, १० पौष । तुलसीपुरमा अवैध लागु औषध ब्राउन सुगर (खैरो हिरोईन) सहित दुई जना तुलसीपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ७ बस्ने २६ वर्षिय जाफर अन्सारी र तुलसीपुर ५ वगरपुर बस्ने २३ वर्षिय समिर राईन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।

उनीहरुलाई दुवै जनालाई सोमवार दिउँसो तुलसीपुर ९ दोघरे पुलचोक नजिकैबाट ९ ग्रामको लागु औषध सहित पक्राउ गरीएको हो । पक्राउ परेका दुवै जनालाई म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया