अपडेट :राम्री बस दुर्घटनामा परि घाईते ७ जनाको उपचार हुदै,६ जना डिस्चार्ज

तुलसीपुर, १० पौष ।गत शुक्रवार राम्रीमा भएको बस दुर्घटनामा परि घाईते भएका १३ जना मध्ये ६ जनाको डिस्चार्ज भएको छ । राप्तीराज मार्ग अन्र्तगत दाङ तुलसीपुर उपहानगरपालिका वडा नम्वर ३ राम्रीमा भएको बस दुर्घटनामा भएको थियो । घाईते मध्ये ५ जनालाई आईसियुमा राखीएको छ भने दुई जनाको ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

घाईते जुम्लाकी हिमाली हमालको कोहलपुरमा उपचारपछि गत आईतवार डिस्चार्ज भईसकेको छ । थप पाँच जनालाई सोमवार डिस्चार्ज भएको हो । उपचारपछि डिस्चार्ज हुनेमा अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ को बिक्रम भण्डारी, जुम्ला जिल्लाको चन्दनाथ न.पा. ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री, रुकुम त्रिबेणी गा.पा.६ बस्ने बर्ष १७ को प्रेम बहादुर खड्का, कैलाली टिकापुर न.पा.८ बस्ने बर्ष १७ की समिक्षा रोकाया, जुम्ला चन्दननाथ नगरपालिका वडा नम्वर ४ बस्ने बर्ष १६ की बर्सा रोकाया रहेका छन् ।
अन्य घाईते जुम्लाका चन्दननाथ २ घर भएका बर्ष १७ को जिबन भण्डारी, दाङ घोराही उपमहानरपालिका १७ स्यूजा बस्ने बर्ष १७ की मनिका रिजाल, सोहि उपमहानरपालिका वडा नम्वर १४ बस्ने बर्ष २० को संजय खनाल,अछाम जिल्लाको मंलगसेन नगरपालिका वडा नं.५ बस्नेबर्ष १८ को यूवराज ढुंगाना, सोहि नगरपालिका ५ बस्ने बर्ष १८ को भद्र बिष्ट, रुकुम सानीभेरी गा.पा. २ बस्ने बर्ष १६ की रोजिना पुन, सोहि नगरपालिका १० अर्मा बस्ने बर्ष २० को राजन डागी, रोल्पा परीवर्तन गा.पा.४ बर्ष १७ को प्रकाश वलीको उपचार भईरहेको जनाईएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन अवलोकन गरेर फर्कने क्रममा शुक्रवार वेलुकी ५ वजेतिर उक्त बस दुर्घटना भएको हो । नमस्ते राप्ती यातायात प्रालिद्धारा सन्चालित बा ४ ख ९७६६ नम्बरको बस शिक्षालयले भ्रमणका लागी रिर्जभ गरेर लगेको थियो ।
दुर्घटनामा परि दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १÷१ जना गरी २३ जनाको ज्यान गएको छ । दुर्घटनामा परि १९ जना पुरुष र ४ जना महिला गरी २३ जनाको ज्यान गएकोे हो ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया