भरुवा बनदुक सहित दुई जना पक्राउ

तुलसीपुर १० पौष । ईलाका प्रहरी कार्यालय गढवाले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । दाङको राजपुर गाउँपालिका नर बहादुर घर्ती र सोहि ठाउँ निवासी रेशम बहादुर बुढाथोकीलाई हतियार सहित पक्राउ गरेको हो ।
सिकार खेल्न गएको समयमा ५० बर्षिय नर बहादुर घर्तीले बोकेको भरुवा बन्दुक पट्कदा ४० बर्षिय धनलाल पुनलाई गोलि लागेर उनी घाईते भएका छन् ।

उनको कोहलपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । विशेष सुचनाको आधारमा गएको प्रहरीले टोली सोमवार दिउँसो ३ नाल भरुवा बन्दुक सहित २ जनालाई पक्राउ परेका हो । धनलाल पुनको दाहिने खुट्टाको गोली लागेको छ ।
डिल्लीबहादुर खड्का र नर बहादुर घर्तीको घर खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा अन्य सामानहरु पनि फेला परेका छन् ।

भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, सिसाका छर्रा टुक्रा, सलाइको काँटी, सोडाजस्तो देखिने वस्तु, बारुद जस्तो देखिने वस्तु, केप वनाउन प्रयोग गरिने औषधिको खोल समेत बरामद गरिएको छ । उनीहरुलाई गढवा प्रहरीले नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया