दाङमा एक बालक फेला

तुलसीपुर ८ पौष ।
दाङमा एक बालक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका १५ गुलरिया स्थित सडकबाटोमा परिचय नखुलेका अन्दाजी १०÷१२ वर्षिय बालक आईतवार विहान १० वजेतिर फेला परेको प्रहरीले बताएको छ ।
उनी बोल्न नसक्ने भएकाले पनि परिचय नखुलेको प्रहरीको भनाई छ । हरियो भेष्ट,जिन्स ज्याकेट, सेतो, खैरो रङको सुरुवाल लगाएको बालक फेला परेका हुन् । उनी कहिले देखी घरपरिवारबाट सम्पर्क विहिन भएको भन्ने पनि खुल्न आएको छैन । यस्तो हुलियाको बालक कसैको हराएको भए जिल्ला प्रहरी कार्यालय तथा सन्चारमाध्यममा सम्पर्क गर्न जिल्ला प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया