करणी गरेको आरोपमा एक जना पक्राउ

तुलसीपुर, ६ पौष । जवरजस्ती करणी गरेको आरोपमा पाल्पामा शुक्रवार एक जना पक्राउ परेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्वर ४ वस्ने ४० बर्षिया एक महिलालाई करणी गरेको आरोपमा सोहि ठाउँका ४२ वर्षिय मिन बहादुर बगाले पक्राउ परेका हुन् ।
उनले पटकपटक जवरजस्ती करणी गरेको र उक्त कुरा कसैलाई नभन्न आग्रह गदै धम्की दिदै आएको पिडित महिलाले बताएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । उनले गत बैशाख देखी आफुलाई बलात्कार गरेको र अहिले आठ महिनाको गर्भ समेत रहेको प्रहरी सामु बताएकी छिन् । ती महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार
प्रतिक्रिया