देश निर्माणमा इन्जिनियरको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री

तुलसीपुर,६ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल इन्जिनियरस एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको पनि बताउनुभएको छ । “देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार
प्रतिक्रिया