तुलसीपुर,५ पुस ।
टेक्टर दुर्घटना हुदा दाङमा एक जनाको ज्यान गएको छ । टेक्टरको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ज्यान जानेमा घेरुवा गाउँपालिका वडा नम्बर ५ बर्दिया निवासी १६ बर्षिय सन्तलाल चौधरी रहेका छन ।
घोराही बाट लमही जादै गरेको लु १ त ९७०७ नम्बरको ट्याक्टर घोराही उपमहानगरपालिका वडा नम्बर ३ चौपट्टामा दुर्घटना भएको थियो । घाइते चौधरीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । चौधरी टेक्टरका हेल्पर हुन । चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
फाईल फोटो
प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार