तुलसीपुर, ४ पौष । करेन्ट लगाएर माछा मार्न खोजेको भन्दै प्रहरीले बुधवार ५ जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ८ स्थित स्थानिय खोलामा करेन्ट मार्फत माछा मार्न खोजेको भन्दै प्रहरी टोलीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेल बहादुर पाण्डेले जानकारी दिएका छन् ।
उनीहरु स्थानिय भएपनि नाम भने गोप्य राखीएको छ । करेन्ट लगाएर मार्छा मार्न लागेको भन्ने सुचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी उनीहरुलाई दिउँसो नियन्त्रण लिईएको उनको भनाई छ । पक्राउ परेकाहरु माथी अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार