जनताको मायाले बाँचेर फर्के : नेता बस्नेत

 

तुलसीपुर, ४ पुस

कम्युनिष्ट आन्दोलनका नेता शोभाराम बस्नेतले दंगाली जनताको अथक माया र सहयोगले आफु बाँचेर फर्केको बताएका छन् । काठमान्डौको ग्राण्डी अस्पतालमा उपचारपछि गृह जिल्ला फर्कीएका बस्नेतलाई स्वागत तथा भेट गर्न तुलसीपुरको टरीगाउँ विमान स्थलमा पुगेका सर्यौ नेता तथा कार्यकर्ता सामु बोल्दै नेता बस्नेतले सास रहदा सम्म देश र जनताको निम्ति काम गर्ने बताए ।

‘म पूर्ण रुपमा निको भइसकेको छैन । तपाईको साथ सहयोगबाट प्राप्त आत्म बलले बोल्न सक्ने भएको छु,’ नेता बस्नेतले भक्कानीदै भने, ‘मलाई बचाउनका लागि आर्थिक, भौतिक, नैतिक विभिन्न तरिकाले सहयोग गर्ने सबैलाई धन्यवाद छ ।

’ नेता बस्नेत भक्कानिदै बोल्दै गर्दा उपस्थित अधिकांस कार्यकर्ताहरुको आँखा रसाएका थिए । नेता बस्नेतलाई एयरर्पोटमा भेट्न पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, कम्युनिष्ट पार्टीका नेता टिकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे लगाएतका सर्यौ नेता, कार्यकर्ता तथा शुभेच्छुक पुगेका थिए ।

गत मंसिर २२ गते एक्कासी बिरामी भएपछि तुलसीपुर, नेपालगञ्जका अस्पताल हुदै काठमान्डौ लगिएको थियो । ग्राण्डीमा एक हप्ता सम्मको उपचार पछि स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । बस्नेतको तीन हप्तापछि अप्रशेन गरिने उपचार सहयोग समितिका सदस्य सचिव मानबहादुर रावतले जानकारी दिए ।

औषधी सेवनपछि मृगौलामा जमेको पानी सुकेपछि अप्रेश गरिने छ । २०२३ साल देखि कम्युनिष्ट आन्दोलनमा लागेका नेता बस्नेत निरन्तर राजनितीमा लागेका छन् । उनि भूमिगत छदा वर्तमान ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भात बोकेर पु¥याउने गरेको सदस्य सचिव रावतले बताए । बस्नेतको उपचारका लागि दाङका कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुबाट ६ लाख १२ हजार रुपैयाँ संकलन भएको थियो ।

 

प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार
प्रतिक्रिया