अग्नि पिडितलाई राहत उठ्ने क्रम जारी

 

तुलसीपुर ४ पुस / विपतमा परेका तुलसीपुरका अग्नि पिडित व्यवसायी भिमप्रसाद घिमिरेलाई सहयोग रकम उठ्ने क्रम जारी छ । अग्नि पिडित घिमिरेलाई अहिले सम्म विभिन्न संगठनमा आवद्ध तुलसीपुरका व्यवसायीले पाँच लाख बढि सहयोग प्राप्त भएको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शेवकराम भण्डारीले जानकारी दिए । उनका अनुसार मंगलबार दुई लाख ८९ हजार २ सय ७६ रुपैयाँ पिडितलाई प्रदान गरिएको छ ।
जस मध्य सबै भन्दा बढि तुलसीपुर फैन्सी व्यवसायी उपसमितिले एक लाख ७८ हजार ९ सय ६५ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम संयोजक संदिप कुमार थापाले अग्नि पिडित घिमिरेलाई हस्तान्तरण गरेका हुन । खाद्यन्न व्यवसायी उपसमितिले पनि ५५ हजार रुपैयाँ सहयोग गरेको छ । खाद्यन्न व्यवसायीका संयोजक जनक रावत, तुलसीपुर उद्योगाबाणिज्य संघका पूर्व अध्यक्ष बिम रिजाल, यातायात व्यवासायी सुरेश हमाल, वडाध्यक्ष वीरेन्द्रकुमार शाहले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी तुलसीपुरका किराना व्यवसायीले अग्नि पिडित भिमप्रसाद घिमिरेलेलाई आर्थिक सहयोग गरेका छन् । अग्नि पिडित घिमिरेको घरमा मंगलबार पुगेर किराना व्यवसायी समितिका संयोजक विष्णु भुसालले विभिन्न व्यवसायीबाट संकलित ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । त्यसैगरी पूर्णीमा सप्लायर्सले पनि १५ हजार ३ सय ११ रुपैयाँ अग्नि पिडितलाई सहयोग गरेको छ । उक्त रकम डम्बर डाँगी (हेमन्त) ले प्रदान गरेका हुन् । जुत्ता तथा चप्पलको होलेसेल कारोबार गर्दै आएका घिमिरको घर र गोदाममा मंसिर २८ गते विहान आगलागि हुँदा पाँच करोडको क्षेति भएको थियो । अग्नि पिडित घिमिरको परिवार अहिले घर भाडामा लिएर बस्दै आएका छन् ।

प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार
प्रतिक्रिया