तुलसीपुरका किराना व्यवसायीले गरे सहयोग

तुलसीपुर ३ पुस
तुलसीपुरका किराना व्यवसायीले अग्नि पिडित भिमप्रसाद घिमिरेलेलाई आर्थिक सहयोग गरेका छन् । अग्नि पिडित घिमिरेको घरमा मंगलबार पुगेर किराना व्यवसायी समितिका संयोजक विष्ण भुसालले विभिन्न व्यवसायीबाट संकलित ४० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । जुत्ता तथा चप्पलको होलेसेल कारोबार गर्दै आएका घिमिरको घर र गोदाममा मंसिर २८ गते विहान आगलागि हुँदा पाँच करोडको क्षेति भएको थियो ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया