घोराहीको एक पसलमा आगलागी

तुलसीपुर, ३ पौष । घोराहीमा एक पसलमा आगलागी भएको छ । मंगलवार विहान पौने तिन वजेतिर घोराही उपमहानगरपालीका १५ स्थित रहेको आर के ईलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तारसर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
.रोल्पा त्रिबेणी गा.पा.७ घरभई हाल दाङ घोराही उपमहानगरपालीका १४ बस्ने ४९ वर्षिय रेखी ब.बुढाथोकीले सन्चालन गरेको सर्भिसमा आगलागी हुदा बिभिन्न ईलोक्ट्रोनिक्स सामानहरु,सवारी साधन बनाउन प्रयोग गरीने बिभन्न सामान र पार्कीङ गरी राखेको ना २ अ १९३६ नंम्वरको अटो रिक्सा र नगद सहित १२ लाख ६४ हजार वरावरको क्षेति भएको बताईएको छ । प्रहरी र दमकलको सहयोगमा साढे तिन वजेतिर आगो नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया