कम्युनिष्ट आन्दोलनका धरोहर श्रीमणी आचार्यको ११ औ स्मृति दिवस आज

तुलसीपुर, ३ पौष । दँङगाली कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणी आचार्यको ११ औ स्मृति दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । श्रीमणी आचार्य स्मृति प्रतिष्ठान लगाएत विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रममको आयोजना गदैछन् ।
प्रतिष्ठानको आयोजनामा तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो १२ वजे अन्र्तक्रिया कार्यक्रम हुने अध्यक्ष मेनका पोख्रेलले जानकारी दिएकी छिन् । कम्युनिष्ट आन्दोलनका एउटा उज्जवल ताराका रुपमा रहेका आचार्य जसले भौतिक रुपमा यो संसार छाडेको एक दशक भईसकेको छ । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिने भएको छ । उनी पिता गणेसप्रसाद उपाध्याय तथा माता सुभद्रादेवी उपाध्यायको कोखबाट वि.स. २०१० माघ १९ गते जन्मिएका हुन् । उनी सधै जनता र राष्टको बारेमा मात्र सोच्ने नेता हुन् । उनको नेपाल कम्युनिष्ट आन्दोलनमा ठुलो भुमिका रहेको छ ।
उनले माध्यामिक विद्यालयको प्राधानाध्यापकको स्थायी जागीर छोडेर राजनितिमा होमिएका थिए । उनले २०४९ सालमा स्थानिय निकायको निर्वाचनका लागी शिक्षक पेशा छाडेका थिए । उनको जिवन राजनितिक क्षेत्रमा नै वितेको थियो । २०५१ सालको मध्यावधी निर्वाचनको समयमा विजौरी हत्या काण्डमा गोली लागेर उनी घाईते भएका थिए । उनको २०६४ पुष ३ गते उपचारको क्रममा काठमाडौमा निधन भएको थियो ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया