सच्चा कम्युनिष्टहरु एक हुन्र्छौ : बैद्य

तुलसीपुर, २ पौष । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिब मोहन बैद्य‘किरण’ले सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्ने बताएका छन् । त्यसका लागि बिप्लव, किराती, मोहन बिक्रम लगायतसंग छलफल भईरहेको बताए । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले सोमवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टी एकताका लागी कुराकानी भईरहेको र टुट्न केही सजिलो भएपनि एकता गर्न केही कठिनाई हुने स्पष्ट पादै एकपटक सच्चा कम्युनिस्टहरु एक भएरै छाड्ने दावी गरेका छन् ।
उनले तत्कालिन एमाले र माओवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको दावी गरेका छन् । क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो । दुई पार्टी एकता सत्ताका लागि मात्रै भएकाले लामो समय सम्म नटिक्ने जिकिर गरेका छन् । साथै उनले सैदान्तिक रुपमा एकता नभई चुनाब जित्नलाई मात्रै गरिएको उनको भनाई छ । दुईतिहाईको बलियो सरकार निर्माण हुँदा पनि नौ महिनासम्म केही काम गर्न नसकेको आरोप लगाएका छन् । कार्यक्रमको सहजीकरण क्लवका महासचिब बिमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष २ गते सोमवार
प्रतिक्रिया