तुलसीपुर , २ पौष । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको एघारौ बैठक सम्पन्न भएको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले ४ प्रस्ताव पारित गरेको छ । बैठकले गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने बसन्तापुर मझेरिया खण्डको नदिजन्य पदार्य ढुङगा, गिटी र बालुवाको पुनः टेन्डर प्रक्रिया भैरहेकाले केहिदिनका लागी उक्त क्षेत्रवाट नदिजन्य पदार्य निकासीमा रोक लगाउने, वडा गत रुपमा सञ्चालन भैरहेका विकासका योजनाहरुको वडा कार्यालय मार्फत अनुगमनलाई तिब्रता दिने निर्णय गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
यस्तै बैठकले विद्यालय तथा स्वास्थ्य संस्थामा गरिने निर्माण योजनाका लागि मर्मत संभारकोषको रकममा छुट गर्ने, निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगतका विकास योजनाको निर्माण उपभोक्ता समिति गठन वडागत रुपमा गर्ने साथै वडा नं ६ र ७ को सामाजिक सुरक्षा भक्ता वितरण कार्यलाई सरल बनाउनका लागि सिसहनियाको एन आई सि बैकलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
राप्ती गाउँकार्यपालिकाको एघारौ बैठक सम्पन्न
प्रकाशित मिति : २०७५ पुष २ गते सोमवार
प्रतिक्रिया