तुलसीपुर, २ पौष । दाङमा सवारी दुर्घटना हुँदा तिन जना घाईते भएका छन् । राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ नजिकै आईतवार साँझ ६ बजेतिर रा १ च ३६२ नम्वरको स्कारपियो अनियन्त्रित भइ दुर्घटना हुदा तिन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाईते हुनेमा प्युठान सरुमारानी गाउँपालिका वडा नम्वर १ बाङ्गेसाल बस्ने १४ बर्षिय आशिष खान, सोहि ठाउँका १३ बर्षिय पारस डाँगी र १३ बर्षिय रहिम अली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।दाङबाट प्युठान तर्फ जादै गर्दा भालुबाङ प्युठान सडक खण्ड अन्र्तगत भालुवाङ नजिकै दुर्घटना भएको हो ।
घाईतेहरुको स्थानिय राप्ति पोलिक्लिनिकमा उपचार भईरहेको छ । चालकले मादक पदार्थ सेवन गरि गाडी चलाएको हुदा दुर्घटना भएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : २०७५ पुष २ गते सोमवार