बस र मोटरसाईकल ठोकिदा एक जनाको मुत्यु

तुलसीपुर, १ पौष । दाङमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक प्युठान सरुमारानी गाउँपालिका बाङ्गेशालका ३० वर्षिय रेशम भुसालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । नेपालगंज देखि घोराही तर्फ आउँदै गरेको ना ४ ख ९५६६ नम्वरको बस र बिपरीत दिशाबाट आउँदै गरेको रा ३ प ९६०४ नम्वरको मोटरसाइकल लमही नगरपालिका वडा नम्वर ५ कुलमोड नजिकै आईतवार दिउँसो २ वजेतिर एक आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएका भुसालको उपचारको लागी लमही अस्पताल लमहीमा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ । बस र बस चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १ गते आइतवार
प्रतिक्रिया