ठक्कर दिने सवारी साधनको पहिचान खुल्यो

तुलसीपुर १ पुस । पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सवारी साधनको पहिचान खुलेको छ ।ठक्कर दिने मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रा ४ प ३९३९ नम्वरको मोटरसाईकलले ठक्कर दिदा गएराती ९ वजेतिर पैदलयात्री बबई गाउपालिका वडा नम्वर ७ डाँडागाउँ निवासी अन्दाजी ५८ वर्षिय नेत्र बहादुर बुढाथोकि ज्यान गएको थियो ।
उनलाई तुलसीपुर –८ दुधेनाको कृष्ण मन्दीर नजिकै ठक्कर दिएर मोटरसाईकल चालक फरार भएका थिए । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम बहादुर शाहीका अनुसार घटना स्थलमा मोटरसाईकलको दायाँ तर्फको ईन्डिकेटर र अन्य फुटेका समानहरु फेला परेका थिए ।
फेला परेका समानहरुलाई मोटसाईकल बनाउने पसलमा कुन मोटरसाईकलको समान यस्तो हुन्छ भनेर प्रहरीले सोधेपछि एन.एस पल्सर मोटरसाईकल भएको भन्ने जानकारी प्राप्त भएको आधारमा सुक्ष्म अनुसन्धान गदै जादा फेला पार्न सफल भएको डिएसपी शाहीको भनाई छ । मोटरसाईकललाई आईतवार विहान ९ वजेतिर तुलसीपुर ६ बरुवागाउँ नजिकैबाट चालक सहित मोटरसाईकल नियन्त्रणमा लिईएको बताईएको छ ।

प्रकाशित मिति : २०७५ पुष १ गते आइतवार
प्रतिक्रिया