अंचल अस्पतालमा सरसफाई

 

तुलसीपुर १ पुष / तुलसीपुर उपमहानगर पालिका – ५ नम्बर वडा अन्तन्र्गत रहेको समुदाय प्रहरी साझेदारी समितिले राप्ती अंचल अस्पताल परिसरमा सरसफाई गरेको छ । अस्पतालको हाता भित्र रहेको फोहर मैला झाडु लगाएर सरसफाई गर्नुका साथै चाउचाउ, सुर्ति, पुकार, गुड्खा, पातपतीङर, मिनरल वाटरका बोतल संकलन गरेर फालिएको वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिनुभयो । समाजलाई अपराध मुक्त बनाउन स्थानीय वडामा प्रहरी साझेदारी समिति गठन गरिए पनि सरसफाईमा चेतना जगाउन सरसफाई अभियानलाई पनि संगसंगै लगेको अध्यक्ष शाहले बताउनुभयो । सरसफाई अभियानको सुरुवात क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियन्ता बिमल रिजालले गरेका थिए ।
सरसफाई कार्यक्रमा नागरिक समाज, उद्योगबाणिज्य संघ, स्वास्थ्यकर्मी, रोटरी क्लव, प्रहरी, सहित ५५/६० जनाको सहभागिता रहेको समदुाय प्रहरी साझेदारी समितिका सदस्य सचिव कृष्ण पुजाराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ पुष १ गते आइतवार
प्रतिक्रिया