माछापोखरीमा डुवेर दाङमा एक जनाको ज्यान गयो

तुलसीपुर, २९ मंसीर । पोखरीमा डुवेर दाङमा एक जनाको ज्यान गएको छ । जिल्लाको लमही नगरपालिका वडा नं. ३ टिकुलीगढमा लाल बहादुर वलीले सन्चालन गरेको मानव निर्मित माछापोखरीमा डुवेर सोहि ठाउँका ४० बर्षिय कुल बहादुर वलीको शनिबार विहान पौने ११ वजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पोखरीमा चिसोले गर्दा मरेका माछा पोखरीको छेउबाट टिप्नखोज्दा उनी लड्न पुग्दा डुवेर ज्यान गएको प्रहरीको भनाई छ । प्रहरी टोलीले पोखरीको पानी पम्पसेटद्वारा खालीगरी मृतक वलीको शवलाई पोष्टमार्टम गरी आफन्तीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया