तुलसीपुुर नगर जेसीजको अध्यक्षमा घिमिरे

तुलसीपुर २९ मंसिर
तुलसीपुुर नगर जेसीज २०१९ को अध्यक्षमा मेघराज घिमिरे निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्धन्द्धी डम्बर डाँगीलाई १८ मत अन्तरले पराजीत गर्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ५० मत प्राप्त गरेका थिए भने डाँगीले ३२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक बिमल पौडेलले जानकारी दिए । सहमतिको प्रयास असफल भएपछि शनिबार निर्वाचन भएको थियो । यस अघि तुलसीपुरमा जेसीजको नेतृत्व सर्वसहमत रुपमा चयन हुँदै आएको थियो । निर्वाचन समितिका अनुसार अघि अन्य पदमा सर्वसहमत रुपमा पदाधिकारी चयन भएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया