मोबाईल चोरी गर्ने एक जना दाङमा पक्राउ

तुलसीपुर,२९ मंसीर ।

मोबाईल चोरी गर्ने एक जना दाङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा प्यूठान देबिस्थान घर भइ हाल घोराही उपमहानगरपालिका १४ पुरानो बसपार्क डेरागरी बस्ने बर्ष १४ का निम बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनले नंया बसपार्कबाट Samsung J5 र Oppo कम्पनिका दुई थान मोबाईल हिजो साँझ चोरीगरी फरार रहेका थिए । निजलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया