आगलागिमा परि दाङमा तीन बालवालिकाकाको मृत्यु

तुलसीपुर,२८ मंसीर ।
घरमा आगलागि हुदा दाङमा ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा बंगलाचुली गाउपालिका वडा नं. ८ गुराँसे बस्ने नवराज पुनको छोरा बर्ष ७ का कृष्ण बहादुर पुन, छोरी बर्ष ५ की अस्मिता पुन र छोरी बर्ष २ महिना ६ की अन्जु पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै घरमा रहेका ७ वटा बाख्रा ४ वटा गाई समेत जलेर मरेका छन । २ तले ४ कोठे काठको फुसले छाएको कच्ची घरमा आगलागि भएको हो । निज पुनकि श्रीमती जिबना पुनले ३ वटा बच्चालाई घरमा सुताई १ वर्ष ४ महिनाको छोरा बिरामी भएको झारफुक गराउन गाउँ गएको बेला आगलागि भएको हो ।

हिजोे साँझ ६.०० बजेको समयमा सोलारको ब्याट्री पड्किएर आगलागी भएको भन्ने सुचना पाएपछि प्रहरी चौकी हासिपुरको टोली गएर स्थानिय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । राती १२ बजेको समयमा आगो नियन्त्रणमा अाँएको थियो । घटनाको बारे थप अनुसन्धान भैरहेको दाङका प्रहरी प्रवत्ता राम प्रसाद घर्तिले जानकारी दिएका छन ।

फाईल फोटो

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया