आगलागिको घटना प्रति सांसद केसीले गरे दुःख व्यक्त

 

तुलसीपुर २८ मंसिर

संघिय सांसद हिराचन्द्र केसीले नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध व्यापारी भिम प्रकाश घिमिरेको अन्नपुर्ण जुत्ता पसलमा भएको आगलागि प्रति दुःख व्यक्त गर्नु भएको छ । केहि सयम अघि एक प्रेस विज्ञप्ती जारी गर्दै अचनाक भएको आगलागिका कारण व्यवसायी घिमिरेले ठूलो आर्थिक क्षेति व्यहोर्नु परेको भन्दै उचित राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने बताउनुभएको छ । यसैविच तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती र बरिष्ठ उपाध्यक्ष प्रेमबहादुर बाँठाले पनि विज्ञप्ती जारी गरी दुःख व्यक्त गरेका छन ।

 

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया