२०८३ भाद्र २३ गते मङ्गलवार

अवको तीन बर्षमा युवाहरु विदेशीनु पर्दैन : एमाले नेता पोख्रेल

तुलसीपुर २१ चैत्र । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले अवको तीन बर्षमा रोजगारीका लागि युवाहरु विदेशीनु नपर्ने बताएका छन् । संविधान जारी भएको तीन बर्षमा युवालाई रोजगारि दिन नसके वेरोजगार भत्ता दिनु पर्ने व्यवस्था भएकाले पनि युवाहरु अव बाँच्नकै लागि विदेशिनु नपर्ने बताए । रेडियो प्रकृति तुलसीपुर दाङले सोमबार तुलसीपुरमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै पोख्रेले नेकपा एमाले युवामैत्री समाज निर्माणमा लागेको बताए । युवालाइहरु स्वरोजगारका लागि शैक्षिक व्यवस्था गरेर कार्यविधि तयार गर्ने वेलामा नयाँ सरकार आएकाले त्यो काम पुरा नसकेको उनले बताए । पूर्व सूचना तथा संचारमन्त्री समेत रहेका पोख्रेलले नेकपा एमालले आफनो चुनावी घोषणा पत्रमा विकास र सम्वृद्धिका कुरालाई उठाउने बताएका छन् । राजनीतिक परिपर्वतन भइसकेकाले अवको मुद्दा विकास र सम्वृद्धिको भएको उनले जोड दिए । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेको लोककल्यानकारी अवधारणालाई अझै बलियो बनाउदै शिक्षा, स्वास्थ्य, रोजगार, आवासका मुद्दाहरु पनि सशक्त रुपमा उठाउने उनले बताए । सो अवसरमा रेडियो प्रकृति संचालक समितिका अध्यक्ष घनश्याम पाण्डेले स्वागत गगरेका थिए ।
प्रकाशित मिति : २०७३ चैत्र २१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।