जन्ती बोकेको स्कारर्पियो र बस ठोक्किदा ६ जनाको मृत्यु

तुलसीपुर,२७ मंसीर ।

बेहुलि लिई फर्किदै गरेको स्कारपियो र यात्रु यात्रुवाहक वस ठोक्किदा ६ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस आज विहान साढे १ बजे ठोक्किएर दुर्घटना भएको हो ।
स्कारपियोमा सवार आठ जना मध्ये ६ जनाको ज्या गएको छ । ज्यान जानेमा दुलाहाका बुवा आमा र आफन्त रहेका छन् ।

दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुलाहा दुलही अर्काे स्कारपियोमा रहेका थिए । बुवाआमा र आफन्त चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीको भनाई छ । दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनिहरुको कोहलपुरमा उपचार भैरहेको छ ।।

प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया