गाउँपालिका अध्यक्ष केसी माथी कुटपिट,तिन जना पक्राउ

तुलसीपुर, २६ मंसीर । रुकुम पश्चिमको एक गाउपालिकाका अध्यक्ष माथी कुटपिट भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।सोहि गाउपालिका वडा नम्वर ४ स्थित विवाहको लागी जन्ती जान लागेका मध्यका केहि व्यक्तिहरुले अध्यक्ष केसीको घर नजिकै होहल्ला गरीरहेका बेला उनीहरुलाई सम्झाउन खोज्दा अध्यक्ष माथि गएराती ९ वजेतिर कुटपिट भएको प्रहरीको भनाई छ । कुटपिटबाट घाईते भएका अध्यक्षको टाउँकोमा तिन वटा टाँका लगाईएको छ । उनको उपचार पछि डिस्चार्ज भईसकेको प्रहरीको भनाई छ ।
कुटपिट गरेको घटनामा संलग्न भएका बाँफिकोट गाउँपालिका–४ का १८ वर्षीय चम्मन विक,१९ वर्षीय रेमन विक,र १७ वर्षीय राम बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया