रेडियो राप्ती एफएम १२ औँ वर्षमा प्रवेश

तुलसीपुर, २६ मंसीर । सल्यानको रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्ज बुधवारबाट ११ औँ बर्ष पुरा गरेर १२ औँ बर्षमा प्रवेश गरेको छ । २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ ।
शारदा मिडिया संगम प्रालिबाट सञ्चालित १ सय वाट क्षमता रहेको रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको छ । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफ.एम.ले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको अध्यक्ष रमेश कुमार गौतमले बताउनु भयो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया