चोरी गरेको आरोपमा दाङमा ५ महिला पक्राउ

तुलसीपुर, २६ मंसीर । चोरीको आरोपमा ५ जना महिला पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका अन्तर्गत घोराही बजारबाट सामान खरिद गर्ने बहानामा चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले पसलहरूमा गएर एक जनाले ब्यापारीहरूलाई सामान देखाउन भनी अलमल्याउने र अन्य महिलाहरूले व्यापारीले थाहा नपाउने गरी सामान चोरी गर्ने गरेको प्रहरीको भनाई छ ।

उनीहरुको नाम र ठेगाना भने गोप्य राखीएको छ । साथै प्रहरीले चोरी गरेका ४ थान ब्ल्याङ्केट समेत बरामद गरेको छ ।उनीहरुलाई घोराही वडा नं. १५ स्थित बजारबाट गत २३ गते आईतवार पक्राउ गरी मुद्धा दर्ता गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साथै यस्ता प्रकार महिला समूहहरूको क्रियाकलापबाट सम्पूर्ण ब्यापारी, व्यवसायीहरूमा समेत सचेत जिल्ला प्रहरी कार्यालय दाङले सवैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया