बस्नेतको उपचारका लागि मंगलबार डेढलाख संकलन

 

तुलसीपुर, २५ मंसिर
दाङका पुराना कम्युनिष्ट नेता शोभाराम बस्नेतको उपचारका लागि मंगलबार एक लाख पचास हजार रुपैयाँ सकंल भएको छ । सहयोग गर्नेमा सबै भन्दा बढि तुलसीपुर १० निबासी मधुकर राज राजभण्डारीले २५ हजार ५ सय ५५ , दोस्रोमा तुलसीपुरका व्यवसायी नरेशराज राजभण्डारीले २० हजार ५ सय रुपैयाँ सहयोग गरेको उपचार सहयोग उपचार सहयोग समितिका सदस्य सचिव मानबहादुर रावतले जानकारी दिनुभएको छ । हाल सम्म सहयोग रकम झण्डै चार लाख उठेको छ । त्यसैगरी तुलसीपुर १८ का भाष्करराज गौतम, ११ हजार, तुलसीपुर ५ का योगेश्वर रजौरे १० हजार ५, तुलसीपुर ६ का बासुदेव अधिकारी ९ हजार, पुष्कर रिजाल ९ हजार, टेकबहादुर खड्का ९ हजार पदम ज्ञावली ७ हजार, घोराहीका नारयाण धिताल ५हजार ५ सय ५५, माधव वली ५ हजार ५ सय ५५, महेश चौधरी ५ हजार ५ सय ५५, सुशिला शाह ५ हजार ५, गौरब वली ५ हजार , छवि वली ५ हजार, बालकृष्ण राना ५ हजार, पत्रकार नारायणी रजौरे दुई हजार ५ सय २०, प्रदिप वली २ हजार, मेघरजा पोख्रेल एक हजार ५ सय, टिम इलाभेन एक हजार, तुलसीपुर ६ का वडाध्यक्ष नवराज लामीछाने एक हजार सहयोग गर्नुभएको छ । मृगौला रोगबाट पिडित बस्नेतको काठमाण्डौको ग्राण्डीमा उपचार भइरहेको र अवस्था सुधार उन्मुख रहेको नेकपा नेता टिकाराम खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया