गुडिरहेको मोटरसाईकलमा आगलागी,एक घाईते

तुलसीपुर, २४ मंसीर । तुलसीपुरमा गुडिरहेको एक मोटरसाईकलमा आगलागी भएको छ । आगलागी हुदा ईलाका प्रहरी कार्यालय मलवारका प्रहरी सहायक निरीक्षक प्रदिपकुमार खड्का घाईते भएका छन् । उनको दुवै खुट्टा र हात जलेको छ भने देव्रे खुट्टामा बढि जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।
घाईते खड्काको काठमाडौमा उपचार भईरहेको छ । तुलसीपुर स्थित जसपुरको पेट्रोल पम्प बाट जर्किनमा पेट्रोल लिएर तुलसीपुर तर्फ आउदै गर्दा आईतवार साँझ साढे ६ वजेतिर तुलसीपुर १२ हरिपौरा नजिकै एक्कासी मोटरसाईलकमा आगलागी भएको हो । आगलागी हुदा बा २ प २४५९ नम्वरको मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको डिएसपी शाहीले जानकारी दिएका छन् । साथै डिएसपी शाहीले यो घटनाबाट आगामी दिनमा सवै सचेत रहन सवैमा आग्रह समेत गरेका छन् । अति प्रज्वलनशिल पदार्थ खुल्ला रुपमा ओसारपसार नगर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया