नवनिर्वाचित पदाधिकारीहरुद्धारा पदभार ग्रहण

तुलसीपुर, २४ मंसीर । निवृत्त राष्ट्रसेवक समाज शाखाका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।शाखा कार्यालय तुलसीपुर दाङको चौथो अधिवेशन तथा दशौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको थियो । शाखा अध्यक्षमा पुनःजय पृथ्वी बहादुर शाहलाई चयन गरीएको छ ।
शाहको अध्यक्षतामा निर्बिरोध ११ सदस्यीय कार्यसमितिको चयन गरेको हो । जसको उपाध्यक्षमा तुलसा आचार्य, सचिवमा जगत कुमार वली, कोषाध्यक्षमा भिष्म कुमार लामीछाने,सह सचिवमा रण बहादुर बस्नेत रहेका छन । त्यसैगरी सदस्यहरुमा जिवा कुमारी पुन जि.सी., पार्वती भुसाल, टंक प्रसाद गौतम, धर्मनाथ योगी, प्रेम चन्द्र शर्मा गैरे, चेतराज सिंह ठकुरी रहेको निर्वाचन संयोजक खुमानन्द अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया