जंगलमा तेजपत्ताको पात टिप्न गएकी एक महिलाको मुत्यु

तुलसीपुर, २३ मंसीर । पाल्पा जिल्लाको जंगलमा तेजपत्ताको पात टिप्न गएकी एक महिलाकोमुत्यु भएको छ । तानसेन नगरपालिका वडा नम्वर ८ मदनपोखरा बस्ने ४१ वर्षिया सोलु कुमारी हिताङगा स्थानिय वनमा तेजपत्ताको पात टिप्न गएको समयमा एक्कासी बेहोस भएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । सोहि नगरपालिका वडा नम्वर ७ को जंगलमा आईतवार साढे चार वजेतिर तेजपत्ताको पात टिप्न गएको र उनी अचानक बेहोस भएर लड्दा मुत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनी विगत ६ वर्षदेखी मृगीको विरामी भएको समेत खुल्न आएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया