शोभाराम बस्नेत उपचार समिति गठन,,पहिलो दिन ४० हजार संकलन

तुलसीपुर २३ मंसिर

शोभाराम बस्नेत उपचार सहयोग समिति तुलसीपुरमा गठन गरिएको छ । दंगाली कम्युनिष्ट आन्दोलनका नेता शोभाराम बस्नेत अकस्मात गम्भिर बिरामी भएपछि आइतबार जम्मा भएका नेता तथा कार्यकर्ताको भेलाले बस्नेतको उपचारका लागि सहयोग समिति गठन गरेको हो ।

भेलाले नेकपाका नेता टिकाराम खड्काको संयोजकत्वमा १९ सदस्यिय उपचार सहयोग समिति गठन गरेको छ । जसको सदस्यमा शिवकुमार आचार्य, सुभास पुन, रामजी चौधरी मिलन, संघिय सांसद हिराचन्द्र केसी, प्रदेश सांसद उत्तर कुमार वली, तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डे, लमही नगर प्रमुख कुलबहादुर केसी, लक्ष्मण आचार्य, सिता न्यौपाने, अनारकली मिया, शेषुराम भण्डारी, हुकुमबहादुर बस्नेत, कृष्ण भुसाल, पदम केसी, ओपेन्द्र बस्नेत, मानबहादुर रावत, गीरीराज केसी, श्याम डाँगी रहनुभएको छ ।

पहिलो दिन ४० हजार संकलन
यसैविच उपचार सहयोग समितिले पहिलो दिन ४० हजार ७५ रुपैयाँ संकलन गरेको छ । समितिका अनुसार विष्णु केसीले १० हजार ५, मान बहादुर रावतले १० हजार, कृष्ण भुसालले ५ हजार ५ सय ५५, पदम केसीले ५ हजार ५, मोहन पौडेलले ५ हजार ५, अमर नेपालीले ५ हजार ५ , गिरभान केसीले २ हजार ५ सय र तुलसीराम भण्डारीले १ हजार रुपैया सहयोग गरेका छन ।
यसैविच समितिले रामी परेका बस्नेतको उपचारका लागि विभिन्न संघसंस्था तथा दाताहरुलाई सहयोग गरिदिन सवैमा अपिल समेत गरेका गरेको छ । भेलाले बस्तेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया