तुलसीपुरमा समुदाय प्रहरी साझेदारी समिति गठन

तुलसीपुर २३ मंसिर/ सामुदायिक सुरक्षालाई संस्थागत गरि समाजमा हुने अपराधिक कृयाकलापलाई न्युनिकरण गर्न समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ । तुलसीपुर उपमहागनरपालिकामा भएको सरोकारवाला निकायको बैठकले तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा २० सदस्य प्रहरी साझेदारी समिति गठन भएको हो । नब गठित समितिको सहसंयोजकमा उपप्रमुख माया आचार्य, सहसंयोजकमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही, रहुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा तुलसीपुर उपमहागनरपालिका– ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह, सदस्य सचिव प्रहरी निरीक्षक भिमबहादुर कार्की, इलाका प्रशासन कार्यालयका श्रीधर टण्डन, गैरसरकारी संस्थाको तर्फबाट भागीराम चौधरी, रिर्पोटर्स क्लवबाट सरद रेग्मी, सामुदायिक प्रहरी सेवा केन्द्रबाट नारायणी रजौरे, पत्रकारहरुको तर्फबाट ओपेन्द्र बस्नेत, तुलसीपुर उद्योगबाणिज्य संघको तर्फबाट विरु रावत, नागरिक समाजबाट टिकाराम रेग्मी, बिमल रिजाल, महिअधिकारर्मीबाट सुष्मा गिरी, बाल क्लबाट इशा वली, तुलसीपुर चेम्बरबाट टोपबहादुर घर्ती, सहकारी महिलाबाट रमा आचार्य, प्यब्सानबाट गिरीराज डाँगी, सृष्ट महिलाबाट सीता वली, पूर्व प्रहरी संगठबाट वसन्त कुमार खड्की रहनु भएको छ । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बैठक बसेको थियो । समितिले समाजलाई अपराध मुक्ता गर्न जनचेतन फैलाउने, विद्यालय, वडा र टोल संग समन्वय गरेर समिति गठन, तोकिएको क्षेत्राधिकार भित्र रहेर कामकारबाही अघि बढाउने बताइएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया