जिल्ला जनस्वास्थ्य कार्यालय खारेजी नहुने

काठमाडौ, २३ मंसीर ।सरकारले यसअघि खारेज गरेका जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय फेरि स्थापना गर्ने भएको छ । सरकारले ७७ वटै जिल्लामा रहेका कार्यालय खारेज गरेर यसअघि ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने निर्णय गरेको थियो ।
तर स्थानीय सरकारलाई स्वास्थ्यमा समन्वयगर्न कठिन भएको भन्दै जनस्वास्थ्य कार्यालय फेरि राख्ने निर्णयमा सरकार पुगेको हो । ३५ वटा स्वास्थ्य कार्यालय रहने प्रस्ताव खारेज गर्दै ७७ वटै जिल्लामा कार्यालय स्थापना गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।अघिल्लो संरचनामा जिल्ला स्वास्थ्य जनस्वास्थ्य खारेज गरी प्रदेश मातहतमा रहने गरी ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना हुने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया