नेकपाको स्थायी कमिटि बैठक मंसीर २९ गते

काठमाडौ, २३ मंसीर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले मंसिर २९ गतेका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टीका शीर्ष नेताहरुले नेतृत्वमाथि स्थायी कमिटी बोलाउन दबाब दिएपछि २९ गतेका लागि डाकिएको छ ।
स्थायी कमिटी बैठकमा प्रदेश कमिटी नेतृत्व अनुमोदन गर्ने तयारी रहेको नेकपाले जनाएको छ । स्थायी कमिटी बस्न ढिला भएको भन्दै अध्यक्षद्वयलाई दबाब बढेको थियो । सचिवालयले अनुमोदन गरेको प्रदेश कमिटीलाई स्थायी कमिटीले अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ ।नेकपाको स्थायी कमिटी ४५ सदस्यीय रहेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया