तुलसीपुर,२२ मंसीर ।प्रदेश नम्वर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर केसीले बालविवाह न्युनिकरणका नयाँ कानुन बन्न लागेको बताएका छन । तुलसीपुरमा शनिवार आयोजना गरीएको जिल्ला स्तरिय बालविवाह न्युनिकरण सम्मेलनलाई सम्वोधन गदै उनले यस्तो बताएका हुन् । अभिभावकले कानुनी रुपमा अनुमति ल्याएर मात्रै छोराछोरीको बिवाह गर्न पाईने कानुन आउन लागेको उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री केसीले यस्ता सचेतनामुलक कार्यक्रमहरु शहरमुखी भन्दा पनि ग्रामिण मुखी बनाउनु पर्नेमा जोड दिएका थिए । यसका साथै समाजमा राजनितिक जागरणको आवस्यक रहेको उनले बताएका थिए ।कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश सांसद उत्तरकुमार वलीले समाजमा हुने विकृतिहरुलाई रोक्न प्रदेश सरकार लागि परेको बताएका थिए ।
गरीविका कारण विभिन्न विकृति हुने गरेकोले यसको अन्त्य गर्नेगरी काम प्रदेश सरकारले काम गरिरहेको उनले बताएका थिए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले शिक्षा र चेतनाको कमीले गर्दा हुने बालविवाह न्युनिकरणका लागि चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।