ज्यान मार्ने उद्योगमा फरार अभियुक्त डेढ वर्ष पछि पक्राउ

तुलसीपुर, २२ मंसीर । ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्त झन्डै डेढ वर्ष पछि पक्राउ परेका छन् । फक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा न. ७ सुकवारी बस्ने अन्दाजी २४ वर्षिय हाकु काले भनिने नेक बहादुर चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
पिडित पक्षले २०७४ जेठ ११ गते चौधरी विरुद्ध ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरेका थिए । फरार अभियुक्त चौधरीलाई जाहेरीको आधारमा गत मंसीर २० गते विहिवार जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी राम प्रसाद घर्तिमगरले जानकारी दिएका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया